नयाँ साहित्य
| |||||||
मानिस''
सरण राईको परिचयनाम - सरण राई (पुरा नाम -सरणकुमार राई )
सेवा निवृत सह प्राध्यापक (त्रि. वि. )
जन्म स्थान -छिनामखु , भोजपुर जन्म मिती - २००४ चैत २४ सोमबार शिक्षा - एम . ए. ठेगाना - धरान , १९, नेपाल प्रकाशित पुस्तकहरु - १. केहि कथा (कथा संग्रह )--२०३९ (हाल बजारमा उपलब्ध छैन ) २.साथी (निबन्ध संग्रह )-२०६४ ...मुल्य १०५/- ३.मानव संसार (उपन्यास )-२०६५ ...मुल्य३०० /- ४. अन्तिम स्वीकारोक्ति (कथा संग्रह )- २०६६ साझा प्रकाशनबाट प्रकाशित ...मुल्य १५०/- ५.उडान युवा मनको (उपन्यास )-इन्टरनेटमा मात्र प्रकाशित http://saran-rai.blogspot.com/ ६.ओइलिने फूल (कविता सङ्ग्रह ) २०७१ ..मुल्य५०/- सरण राई (पुरा नाम -सरणकुमार राई ),धरान , १९, Email-- raisaran50@gmail.com फोन. न. +९७७ २५ ५२०७४२ मोबाइल -+९७७ ९८४२०५५२६२ |
'सरणको साहित्य' मा भएका रचनाहरु सरण राई ले रचना गर्नु भएको हो |
Popular Posts
-
(कविता) घोडाहरू देश बोक्दैनन् सरण राई मालिक बोक्ने घोडाहरू देश बोक्दैनन् मालिकको मर्जीमा कुद्ने घोडाहरुमा स्वाविवेक हुँदैन तसर्थ अ...
-
आदर्शको आकाशमुनि आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा बिभिन्न स्वार्थका छाताहरू ओढेर मानिस अथाह मानिसको भेलमा बग...
-
चलिरहेकै थियो जिन्दगी गुडिरहेकै, उडिरहेकै थियो जिन्दगी कहाँ , कसरी कहिले पन्चर भयो कसरी उडने मनको पखेटा काटियो गुड्रन छ...
-
मृत्युपश्चात मानिसहरू मलाई महान् सम्झेर फूल, अबीर, माला र खादा पहिराउँदै मेरो तस्वीरलाई श्रध्दासाथ मेरो तस्वीर अगाडि झुक्नेछन्— सम्झ...
-
मुक्तक सरण राई युग चेतना सभ्यता समस्या सपना एउटै साझा मात लात चोट वेदना एउटै एक छाक पाए एक दिन बाँच्ने मजस्तै पिरोलिएको तिमी माया गर...
-
(कविता ) चुरो कुरो क्षणभङ्गुरता रहेछ सरण राई मेरो के छ ? को छ ? अगाडि हेर्छु.... रित्तो पछाडि हेर्छु.... खाली रित्तो आफैँलाई पाउ...
-
जीवनको माधुर्य, तृप्ति र पुर्णता खोजि गर्दै आशाको आकाशमा उड्दै फुल झैं कहिले म मुस्कुराउँछु पुर्ण स्वाद जीवनको लालशा बोक्दै न...
-
संबेदनशील रोबोट हामी स्वचालित भएको भ्रम पाल्छौ उफ्रन्छौ , नाच्छौ र अनेक स्वर कराईरहेका हुन्छौ रिमोट कन्ट्रोलबाट सन्चालित हामी ...
-
एक दिन तिमी र म सँगै थियौँ कल्पना गरिरहेका थियौँ हामी युग युगान्तरसम्म संगै हुने छौँ एउटा सुगम ,सुनौला ,मनोहर संसारको सृष्टि गर्छौँ ...
-
यो मर्ने चोला सरण राई सबै काम थाती राखेर बिसाइरहेको बेला केलाउँछु के के गल्ती गरियो यो जीवनमा ? भोकैले मरिन्छ कि डराउँदै डराउँदै ...
Monday, August 5, 2013
विषय सूची
नयाँ साहित्य
नयाँ साहित्य
सरण राई
जहिले पनि नयाँ, कहिल्यै पुरानो नहुने ‘नयाँ’ हो । हरेक युग नयाँको खोजी र प्राप्तिमा सार्थक भएको छ । नयाँनयाँप्राप्ति उद्देश्य भएको छ । नयाँ ब्रम्हाण्ड, नयाँ विश्व, नयाँ समाज नयाँ साहित्य र नयाँ ज्ञानको खोजीले मानव प्रगति भएको छ ।
नेपालको सन्दर्भमा पनि नयाँको खोजी निरन्तर भइरहेको थियो र भइरहेको छ । ‘नयाँ नेपाल’को सपना कति पटक बाँडियो, पूरा भएन भनि साध्य छैन । तापनि ‘नयाँ नेपाल’को चाहना सकिएको छैन । ‘नयाँ नेपाल’को अनुकूल हुने साहित्य ‘नयाँ साहित्य’ हो ।
अहिलेसम्म नेपालमा लेखिएका ८० % साहित्य पुरानो परम्परा, पुरानो नेपाल एवं पुरानो सामन्ती मान्यता र सोचमा आधारित रहेर लेखिएका छन् । ती साहित्यको पुनर्मूल्याङ्कन हुन थालेको छ । समयले छाडिसकेका पुराना, थोत्राहरू स्वतः मिल्किने तुरिने अवस्थामा छन् । त्यसलाई अनेकौँ नयाँ जामा भिराए पनि नयाँ विकासको बाधक मात्र बन्ने ती थोत्रा, पुरानाहरू मृत अवस्थामा छन् ।अब तिनीहरूको धङधङीमा नेपाली साहित्य जीवन्त हुन नसक्ने भएकाले ‘नयाँ साहित्य’ लेखनको आवश्यकता भएको छ ।
नेपाली साहित्यले विश्वमा आफूलाई चिनाउन र नयाँ सभ्यता, सर्वप्रिय विकास र उन्नत जीवन पद्धत्ति अनुकूल पार्न पनि नयाँ बन्नु पर्ने भएको छ । नयाँ वैज्ञानिक सोच, मान्यता एवं सभ्यता अनुकूल ‘नयाँ साहित्य’ लेखिनु जरुरी भएको छ । जुन नेपाली ‘नयाँ साहित्य’ले समस्त नेपालीहरू जो नेपाली भएर बाँच्न चाहन्छन् सबैलाई समेट्छ । उनीहरूको अनुभूति, वेदना , पीडा, इच्छा र आकाङ्क्षा ‘नयाँ साहित्य’मा व्यक्त हुन्छ र उनीहरूलाई नयाँ नेपालतर्फ साथै नयाँ विश्वतर्फ मार्ग निर्देशन गर्दछ ।
नेपाल पनि विश्वमा पृथक भएर एक्लै बेग्लै बस्न नसक्ने हुँदा विश्व सभ्यता र विकासमा नेपालले पनि सहभागिता र साझेदारी राख्छ । त्यस्तै प्रकारले नेपाली ‘नयाँ साहित्य’ले विश्व साहित्यकै अभिन्न अङ्गको रूपमा विश्व शान्ति, आधुनिक मानवियता, सभ्यता, संस्कार र विकासमा सहभागिता राख्दै महत्वपूर्ण योगदान गरेर आफ्नो भूमिका निर्वाह गर्दछ ।
अनुभूतिको जुनसुकै क्षेत्रमा नयाँ अनुभूत गराउने साहित्य ‘नयाँ साहित्य’ हो । नयाँ साहित्य नयाँ नेपालको साझा र सर्वप्रिय साहित्य भएकोले यो सबैलाई उत्तिकै प्रिय हुन्छ । यो नेपाली ‘नयाँ साहित्य’ विश्वमा नेपालको नयाँ परिचय–चिनारी हुनेछ ।
(२०७० वैशाख १२, धरान )
- Shailendra Thapa सबैको सोच यसतर्फ अभिप्रेरित होसNarahari Sampang Rai एउटा महान साहित्य र बिचार
Thursday, April 25, 2013
मानिसै हो
मानिसै हो
मानिसले कस्तो कस्तो कति लामो खाल खालको साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ
त्यै डोरीले समस्त विश्व बाँधी जता चाह्यो त्यतै त्यतै अगाडि पछाडि हाँक्न सक्छ ।
त्यो मानिस होइन कि क्या हो सानै बाधा व्यवधान सानै समस्याहरूदेखि तर्सिन थाल्यो
समाधानको बाटो खोजी उन्नति उकालो चढ्नु सट्टा घाँटीमा पासो बाँधी आत्महत्या गर्ने कुरा पो सोच्न थाल्यो ।
मानिसले त अनेकौँ युक्ति निकाली मुक्तिका लागि वीरतासाथ निरन्तर अविचल सङ्घर्ष गरिरहन्छ
थाक्तैन कहिल्यै सङ्घर्षको आँधी बेहेरी हुण्डरी ल्याई कठिनाइ मुस्किल धुलोका कणझैँ फुरुरु... फुरुरु .उडाइदिन्छ ।
मानिसै हो थाक्तैन कहिल्यै हार्न जान्दैन विजयश्रीको माला पहिरिन निरन्तर अविरल अगाडि बढिरहन्छ
हतास निराश निरीह नभई साहस उत्साह सक्रियताले सब सांसारिक सौन्दर्य स्वाद सन्तुष्टि रसपान गरिरहन्छ ।
मानिसले कस्तो कस्तो कति लामो खाल खालको साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ
त्यै डोरीले समस्त विश्व बाँधी जता चाह्यो त्यतै त्यतै अगाडि पछाडि हाँक्न सक्छ ।
साभार 'मानव संसार' (उपन्यास) (२०६५)
मानिसले कस्तो कस्तो कति लामो खाल खालको साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ
त्यै डोरीले समस्त विश्व बाँधी जता चाह्यो त्यतै त्यतै अगाडि पछाडि हाँक्न सक्छ ।
त्यो मानिस होइन कि क्या हो सानै बाधा व्यवधान सानै समस्याहरूदेखि तर्सिन थाल्यो
समाधानको बाटो खोजी उन्नति उकालो चढ्नु सट्टा घाँटीमा पासो बाँधी आत्महत्या गर्ने कुरा पो सोच्न थाल्यो ।
मानिसले त अनेकौँ युक्ति निकाली मुक्तिका लागि वीरतासाथ निरन्तर अविचल सङ्घर्ष गरिरहन्छ
थाक्तैन कहिल्यै सङ्घर्षको आँधी बेहेरी हुण्डरी ल्याई कठिनाइ मुस्किल धुलोका कणझैँ फुरुरु... फुरुरु .उडाइदिन्छ ।
मानिसै हो थाक्तैन कहिल्यै हार्न जान्दैन विजयश्रीको माला पहिरिन निरन्तर अविरल अगाडि बढिरहन्छ
हतास निराश निरीह नभई साहस उत्साह सक्रियताले सब सांसारिक सौन्दर्य स्वाद सन्तुष्टि रसपान गरिरहन्छ ।
मानिसले कस्तो कस्तो कति लामो खाल खालको साहसिलो बलियो बलियो डोरी बाट्न सक्छ
त्यै डोरीले समस्त विश्व बाँधी जता चाह्यो त्यतै त्यतै अगाडि पछाडि हाँक्न सक्छ ।
साभार 'मानव संसार' (उपन्यास) (२०६५)
Tuesday, November 13, 2012
कति विवश... विवश जीवन !
जीवन.....कति विवश !
दुख्छ–सहन्छ
रुन्छ, चित्कार–क्रन्दन गर्छ, तर
दुखाइ थिचाइ पिसाइदेखि
फुत्केर भाग्न सक्तैन
चेपिएर चेप्टिएर थिचिइएर पिसिएर चोइटिएर
विकल व्याकुल व्यथित थकितथकित
उन्मुक्तिका लागि चित्कार गर्छ, सुस्केरा छाड्छ
तर फेरि.... उम्केर भाग्न सक्तैन, अनि
दुख्छ सहन्छ छटपटिन्छ
निर्मोही निर्दयी अपार असार संसारभित्र
कति विवश...विवश छ जीवन !
लाग्छ यस्तैजस्तै जीवन दोहो¥याएर भोग्न पाए
तर, हाय ! पुनः प्राप्त नहुने ‘एकबारको जूनी’
च्च..च्च...दुर्लभ अनमोल मायालु क्षणभङ्गुर जीवन !
कति विवश....विवश ,विवश छ जीवन !?
साभार
लक्ष्मी सडकका कविता पन्ध्रौ सङ्कलन—२०६९
Thursday, July 5, 2012
राजनीति
संबेदनशील रोबोट हामी
स्वचालित भएको भ्रम पाल्छौ
उफ्रन्छौ , नाच्छौ र अनेक स्वर कराईरहेका हुन्छौ
रिमोट कन्ट्रोलबाट सन्चालित हामी
स्वातन्त्र, सक्रिय र सिर्जनशील भएको भ्रम पाल्छौ
रिमोट कस्को हातमा छ ?
कसरी परिचालित भैरहेका छौ ?
थाहा नभएर --राजनीति गरिरहेको भ्रम पाल्छौ |
भ्रमको खेति गर्न सक्नु
टाउका टाउकामा टेकेर भर्याङ्ग उक्लन सक्नु
आदर्श र सिध्दान्तको मकुण्ड़ो भिरेर
अवसरवादको भकुण्डो खेल्न सक्नु
सब्जबाग देखाएर धेरैलाई बेवकुफ बनाउन सक्नु
हिप्नोटिज्म + निर्लज्जता
हिप्नोटिज्म + निर्लज्जता + रिमोट कन्ट्रोल
फोहोरी राजनीति हो _ राजनीति |
हिमाल झैँ स्वच्छ, कञ्चन र अडिग
निष्कपट , स्वार्थरहित , तरल तर सबल
जनासमर्पित-समर्थित जहाँ छल हुँदैन
जनता, राष्ट्र र विकासको निम्ति
स्पष्ट ,सुन्दर र साँचो
प्रिय राजनीति हो _ राजनीति |
समष्टि २०५८ चैत्र -वैशाख २०५९
Monday, February 13, 2012
HAPPY VALENTINE DAY !
प्रेम दिवसको उपलक्षमा मायालु गीत
(वेभमा मात्र प्रकाशित उपन्यास 'उडान युवा मनको' -- http://saran-rai.blogspot.com/ बाट )
गीत
माया नमार माया नमार, मायाको डोरीले चल्छ जीवन
माया माया मायालु माया पाउन, सधैं सधैं पर्खुलाँ जुनीभरि म
माया माया पिरती जगमग उज्यालो
मायाले हुन्छ जीवन रसिलो
मान्छेको चोला यो फूलको थुङ्गा हो
डालीमा फुलेर अर्पण हुने हो
माया नमार माया नमार, मायाको स्वत्वले चल्छ जीवन
माया माया मायालु माया पाउन, दुःख कष्ट सहुलाँ जुनीभरि म
मायालु संसार यो राम्रो पारौँ है
सुन्दर मीठो सपना साकार पारौँ है
मायाले हुन्छ धरती उज्यालो
बाचौँ र बचाऔँ माया रमाइलो ।
माया नमार माया नमार, मायाको डोरीले चल्छ जीवन
माया मायालु माया पाउन, सधैं सधैं पर्खुलाँ जुनीभरि म |
2012 feb. 14
Subscribe to:
Posts (Atom)