चलिरहेकै थियो जिन्दगी
गुडिरहेकै, उडिरहेकै थियो जिन्दगी
कहाँ , कसरी कहिले पन्चर भयो
कसरी उडने मनको पखेटा काटियो
गुड्रन छाडेको छ
फुल्न छाडेको छ
परिवर्तनशील उकाली, ओंराली र भिराली
पछारिएर फेरि जुर्मुराएर उठ्ने, गुड्ने, उड्ने
निरन्तर यात्रामा फुलिरहने
अजम्बरी होइन— ओंइलिने फूल नै जीवन थियो ।
मधुपर्क २०६८ कातिक
No comments:
Post a Comment