Popular Posts

Saturday, April 18, 2020

(आजकाे कविता) आफ्नै लागि

(आजकाे कविता)
आफ्नै लागि

सरण राई

आफ्नै लागि मेरै लागि
संसार छ जगत छ
माया प्रेम घाम छाया सुखदु:ख छ
म छु आफू छु ...र त संसार छ
म ! आफू नभएकाे मेराे आफ्नाे संसार हुँदैन

बाँच्नु छ मैले आफ्नै लागि रे
परिवार समुदाय मानवजातिका लागि रे
काेराेना काेविद १९ दैलाे अगाडि पर्खिबसेकी छिन् रे
निस्के घर बाहिर अचेत विचेत अशेष पार्छिन् रे !

सङ्घर्ष युध्द आन्दाेलन क्रान्ति नाराजुलुस देखियाे भाेगियाे
घरभित्र बस् सुरक्षित एकान्तवास ...हतियार नाैलाे
बाँचे सबै एकसाथ मरे सबै एकसाथ... नियति मानिसकाे
मान्छे बचाउन "लकडाउन" ...जित्नैपर्ने युध्द वर्तमान युगकाे !
🔴
२०७७ वैशाख ७, धरान
🔥☯️🔥

Saturday, April 4, 2020

(आजकाे कविता)
सिनाे

सरण राई

सिनाे गनाउने नै हाे
सिनाेले वरिपरि दुर्घन्धित पारेर
राेगी बनाएर धेरैलाई मार्छ
सिनाे बनाउछ सिनाेकै पहाड ठड्याउछ

महामारी काेराेना काेविद १९ सँग
जिउँदाहरू लड्लान् ,जन ज्यान बचाउलान्
सिनाे नै हाे भने धन थुपार्लान्
मरिसकेका सिनाेहरू गनाउछन् र पटक पटक मर्छन्

सिनाेबाट के आश !?

जिउँदाे काेही त हाेलान् वर्तमान मानव अस्तित्त्व जाेगाउने
त्याे अरु हाेइन --तपाईं न‌ै हाे र तपाईं न‌ै हुने
बाँच्नु छ भने सब जिउँदा जिउँदा भई जाग्ने- जाग्ने - जाग्ने !

🔴
२०७६ चैत २३, (लकडाउन),धरान

🔥☯️🔥




Thursday, April 2, 2020

(अकविता) माेडल नं. १०३

(अकविता)
माेडल नं. १०३

सरण राई

मायालु चाहिएकैले
प्रेम प्रस्ताव राख्नकै लागि परिचय खाेजेँ
परिचय तिम्राे--
I am not Robot
I am a Cyberdyne model 103
bones: made of casein multi-alloy from Jupiter
A cybernetic organism
bran: nano-technologically combined neurons
skin: organic tissue just like humans
विलखबन्दमा परेँ
सबैआज Cyberdyne model हरू
loveकाे programming नै भएकाे रहेनछ
loveकाे programming नै नभएकाेCyberdyne model 103
आकर्षक झुक्काउने मायालु साैन्दर्य निरर्थक रहेछ !


🔴
२०७५चैत १८, धरान
परिमार्जन २०७६ चैत २१, धरान , (लकडाउन अवधि)
 🔴  🔴  🔴
 पुनश्चः Cyborg Girl भन्ने जापानिज फिल्म हेरेर मलाई कविता रच्न मन लाग्याे । यसमा प्रयाेग गरिएका अङ्ग्रेजी नेपालीमा अनुवाद गर्ने हुति नहुँदा अङ्ग्रेजी नै राखेँ । यसाे गर्दा अकविता हुन गयाे । याे कविता मेराे वास्तविक अनुभवमा आधारित सत्य अकविता भएको पनि जानकारी गराउँछु ।