Popular Posts

Friday, May 8, 2020

(आजकाे कविता) देशका लागि

(आजकाे कविता)
देशका लागि


सरण राई


भाेक राेग अभाव राष्ट्रघात अन्याय अत्याचार देख्दा मुटु दुख्थ्याे
त्यस विरूध्द लड्न उम्लेकाे रगत उठेकाे मुड्की एकजुट हुन्थ्याे
सबै मुटु एकठाउँ राखी जाेसिलाे राष्ट्रवादी स्वर ढुकढुकि सुन्थ्याैँ
राष्ट्र जति दुखाेस् साेलाेडाेलाे मुटु नै बेचिसकेपछि अब के दुख्थ्याे ?!

-।।- -।। -

जिउँदा वीर देशप्रेमीहरू देशभरि छन्
राष्ट्रवादी मुटु बालेर महाज्याेति छर्छन्
अखण्ड सार्वभाैमिकता देशरक्षा गर्छन्
राष्ट्रियअखण्ड एकता कायम राख्छन् ।

-।।- -।। -

मातृभूमि बचाउन अब सब ब्युझेका छन्
देशका लागि जेपनि गर्न लड्न तयार छन् !

🔴
२०७७ वैशाख २७ , लकडाउन
🔥🔥🔥

Monday, May 4, 2020

(आजको कविता) कल्पसंवेग

(आजको कविता)
कल्पसंवेग

सरण राई

एकान्त ! महान एकान्त
जीवन या मृत्यु विकल्प
सृष्टि वा अवसान ...प्रेम वा घृणा
राेच्न पाइने एकान्तवास रे !

एकान्तवासको
एैकान्तिक कल्पसंवेगकाे सागर
पीडाकाे हुन सक्छ
हुन सक्छ घृणाकाे
प्रेमकाे मायाकाे सद्भाव आत्मीयताकाे
छचल्किएर... त्यहाँसम्म आइपुगेमा
पाेखरी बनेर बस्न सक्छ
मनमुताविक शान्त तलाउभित्र अनुहार देखिने हुन्छ
मेट्ने वा राख्ने अधिकार तिम्रै हुने छ !

सम्भाल वा मेट !
🔴
२०७७ वैशाख २३ (लकडाउन)
🌹☯️🌹





🌹☯️🌹 लुम्बिनी सरण राई  र लक्ष्मी  राई