एक दिन
तिमी र म सँगै थियौँ
कल्पना गरिरहेका थियौँ
हामी युग युगान्तरसम्म संगै हुने छौँ
एउटा सुगम ,सुनौला ,मनोहर संसारको सृष्टि गर्छौँ
अठोट गरेका थियौँ | तर
युगको स्वार्थी वातावरणमा कसरी हामी छुट्टिएर
एकले अर्कोलाई भेट्ने नसक्ने दुइ किनार भएर छुट्टियौँ
छुट्टियौँ अनि अहिले
तिमी बतासमा टेक्छौ
आकाशलाई मात्र हेरेर अक्कासिने उद्देश्य राख्छौ
म भुइमै टेकिरहेको छु | अनि
भुइमै बाँचिरहने साधारण मानिस हुन पुगको छु |
तिमी महानता बोधमा
महान् महान् कुराहरुले जेलिएर बस्छौ
हुन सक्छ भने म जस्ता कैयौँ निमुखा साथीहरुको
काँधमा चढ़ेर आकाशको फल टिप्न खोज्छौ
कुराहरुमा ए ! मेरा मित्र
तिमी कति महान् देखिन्छौ
तिमी हामी जस्ता भुमिमा टेकेर उभिनेहरूलाई
गिल्ला उडाएर बुझपचाएर हाँस्न सक्छौ
म कसरी भनु तिमी आकाशमा उडिरहेका छौ
माटो छाडेर हावामा फुल्ने प्रयत्न गरिरहेछौ
तिमीलाई थाहा हुनुपर्ने हो
आकाशमा उड़नेहरुलाई पनि भुइमै फेरि ओर्लनु पर्छ
माटोमै प्रत्येक फूलहरुले फुल्नुपर्छ
नक्कली दारा नङ्ग्राको खोजीमा तिमीले
मलाई / म जस्तै हजारौँ मानिसहरुलाई बिर्सेर
नक्कली बाघ हुने प्रयत्नमा तिमी लागिसकेका छौ
अनि मलाई पनि नक्कली बाघ हुने सल्लाह दिन्छौ
हुन सक्छ भने मलाई नै ढाल बनाएर
तिमी नक्कली लडाई जित्न चाहन्छौ
त्यसैले तिम्रो आँखामा
म एउटा सिपाही मात्र हु
तर म आफ्नै पाखुरीमा / आत्मा सम्मान साँचेर
माटोमै माटोको प्रेम गरेर बाँचेको छु
हाँसेको छु / रोएको छु माटोको प्रेमले
म आकाश हेर्दिनँ अनि आकाशमा उड्ने
नक्कली पखेटा मलाई चाहिदैन
म मर्छु आम मान्छेहरु मरेको माटोमा
बाँच्नेछु तिनीहरुको दुख सुखमा
मलाई फुल्न आकाश होइन
मेरै पसिना रगत आँसुले भिजेको माटो चाहिन्छ
माटोमै मेरो रहरको / मेरो बलिदानको
संसार छ / जीवन छ / अनि
माटोकै निम्ति मेरो यो जीवन समर्पण छ |
तिमी र म
कुनै समयमा संयोगले भेट भएका
दुई किनार हौँ
अब छुट्टिएका छौँ
तिमी तिम्रो बाटोमा हिड्छौ
म मेरो बाटोमा हिड्दै हुनेछु
जब हाम्रो भेट हुने छ
पुरानो चिनजानको कुनै अर्थ हुने छैन
हामी संग्राममा डटने छौ
हारजित निश्चित छ
सत्य र न्यायको पक्षमा लड्ने मेरो जितसित
अन्याय र अत्याचारसित तिम्रो नाश हुनेछ |
साभार- अक्षलोक , वर्ष -२ अंक -२ (२०३९ )
सरण राईको कविता हेर्न -- http://saranr.blogspot.com/

No comments:
Post a Comment