Popular Posts

Saturday, August 27, 2011

फेरी मिलन हुने छ

शुरु जहाँ उहीं अन्त
अनन्तबाट  आएर , अनन्तमै फर्किनु छ
आइसकेपछि धरतीमा  गर्जिनु छ
अनन्त अन्तरालमा  प्राप्त
जीवन दुन्दुभी बजाउनु छ
मुस्कानमा जीवन फुलाउदै
अनन्तमै फर्किनु छ |
विछोडको पीड़ा  सहँदै गर ...
प्रिय , अनन्त विछोडपछी
अनन्त कालक्रममा मिलन फेरी हुनेछ |


लक्ष्मी  सडकका कविता , तेह्रौ संकलन (२०६७ )


No comments:

Post a Comment