भाचिएको पाखुरा हाम्रो होइन
कसिएको मुट्ठी हाम्रो हो
अनि पानी जस्ता पातला पूर्व कथाहरु हाम्रा होइनन
रगतले रङ्गिएको बाक्लो इतिहास हाम्रो हो |
मात्र आकाश हाम्रो होइन
यसभित्रका हरिया धरतीहरु
असंख्य ताराहरु
अनि
आँसुमा डुबेका हरेक मुटुहरु
अनेक फराकिला छातीहरु हाम्रा हुन् |
मात्र भावुकता हाम्रो होइन
कठोर व्यवहारिकता हाम्रो हो
अनि
धुवा जस्तो उड़ेको अस्तित्व हाम्रो होइन
ज्वाला भएर बलिरहेको जिन्दगी हाम्रो हो |
मात्र खरानी हाम्रो होइन
यसभित्र भएका मसिना झिल्काहरु
हामि भुल्दैनौ
सल्किरहेका कोइलाह्ररु , फिलिंगाहरु
जल्दो बल्दो ज्वालाहरु हाम्रा हुन्
अनि फक्रिरहेका फूलका राता किरणहरु
हिउँद वर्षमा रुझेका कलिला मुनाहरु हाम्रा हुन् |
भाचिएको पाखुरा हाम्रो होइन
कसिएको मुट्ठी हाम्रो हो
अनि पानी जस्ता पातला पूर्व कथाहरु हाम्रा होइनन
रगतले रन्गीएको बाक्लो इतिहास हाम्रो हो |
'पन्चामृत '(साहित्यिक मासिक )कार्तिक -मार्ग ,अंक-११-१२ (२०२६ )

No comments:
Post a Comment