Popular Posts

Tuesday, December 17, 2019

(गीत) नभएपछि बाँसुरी बिरह कसाेरी बज्ला !

(गीत)
नभएपछि बाँसुरी बिरह कसाेरी बज्ला !

सरण राई

म छु यहाँ एक्लै तिमी छाै कहाँ कहाँ
राेइ राेइरहेछु मर्दैबाँच्दै अलप सम्झना

खाेला हुन्छ आँसुकाे पनि थाहै थिएन
छाडेर जान्छाै कतिबेला हाेसै भएन
गइसकेपछि आँसु तरेर भेट्नै सकिनँ
हासेरै बाँच्छु भनेँ डुबेँ डुबेँ तैरिनै सकिनँ

टेक्न खाेज्छु भुइँ भुइँ भास्सिइ सकेछ
उड्न खाेज्दा पखेटा काट्टिइ सकेछ
जाेड्न खाेज्छु मुटु अघिनै फुटिसकेछ
भेट्न खाेज्दा दिन अघिनै डुबिसकेछ

म छु यहाँ एक्लै तिमी छाै कहाँ कहाँ
छैनाै तिमी तर देख्छु तिमी जहाँ तहाँ
बिथाेल बिथाेल ब्यथा अब सब सकि जा
नभएपछि बाँसुरी बिरह कसाेरी बज्ला !

म छु यहाँ एक्लै तिमी छाै कहाँ कहाँ
राेइ राेइरहेछु मर्दैबाँच्दै अलप सम्झना
🔴
https://saranr.blogspot.com/2019/12/blog-post.html
२०७६ पुष १ , धरान

Thursday, November 28, 2019

बुढेसकाल

बुढेसकाल

सरण राई

अब मलाई कहिँ जानु छैन
 किनकी मसँग जाने तागत छैन
अब मेरो कुनै गन्तव्य छैन
 किनकी मसँग अब कुनै हिडाई छैन
अब मलाई कुनै आर्जनको इच्छा छैन
 किनकी मसँग अब भोग्ने सामर्थ्य छैन
तापनि यो मनको तुलबुल मेटिएको छैन 

 जीवन के हो थाहा पाउन सकिएको छैन

जीवनको स्वाद

भोग्नुको मजा
अहा ! बुढेसकाल ... मजा आइरहेछ !




*** https://saranr.blogspot.com/2019/11/blog-post_28.html
परिमार्जन २०७६।८।१३, धरान

Friday, November 15, 2019

नाैरङ्गी

नाैरङ्गी

सरण राई

जाेडि चराहरू
एउटा खुत्रुक्कै
बिजाेडि चहचहाउन छाडेकाे छ
एउटाबाट अर्काे डालिमा सँगसँगै उफ्रेकाे
डालिहरू चहार्न छाडेकाे छ
सँगसँगै उडेकाे अाकाश
पखेटा काटिएर उड्न छाडेकाे छ
नाैरङ्गी रङमा डुबेर
जिजीविषाकाे अदृश्य तलाउमा डुब्न नसकि तैरिदै छ ।

अझै अाउँछ कि वसन्त भन्दै पर्खदै छ
अाउँछ त? अाउँछ अाउँदैन साेध्नै बेकार छ !

२०७६/६/६,विशालचाैक

Sunday, September 29, 2019

गुजार्छु एउटा जीवन



(कविता)

गुजार्छु एउटा जीवन

सरण राई

म— के के हुँ ?
फलाम हुँ भने खिया लाग्छु, लाग्छु
काठ हुँ भने सडिन्छु, मक्किन्छु र तुरिन्छु
निर्जीव हुँ भने मलाई केही भन्नु छैन
जीवित हुँ भने मृत्युले म बेरिन्छु, बेरिन्छु
बिस्मात मान्ने किन ?
म अनुभूतिहीन भएभने त केही छैन
सम्वेदनशील छुभने त
आफ़्ना, अरुका र जीवितहरूका सुख दुःखमा हाँस्छु, रुन्छु
हाँस्दै रुदैँ उकाली ओराली
आरोह अवरोह जीवनका
जसरी भए पनि गुजार्छु, गुजार्छु
अनि, गुज्रिन्छु ...उसपार... पारि
पारि..पारि अनन्तमा !
पारि अनन्त अनन्तमा...
हुन सक्छ जहाँ सबै छन्
हुन सक्छ जहाँ सबै छैनन् !

***
२०६६।१।१७.

Thursday, March 21, 2019

जीवन सन्देश

(कविता)
जीवन सन्देश

सरण राई

फक्रिएकाे थुङ्गा शिरमा लाउने
थुङ्गाहरूकाे माला गास्ने
जूनजस्ती मायालु छैन
त्यसैले म फूल राेप्दिनँ !

मायालु नभए पनि
सम्झना छातीभरि अटेसमटेस छ
सम्झनाकै छहारीमा जीवन चलाचल छ
सम्झनामाथि फूल चढाउन
म फूल राेपिरहेकाे हुन्छु !

फूलकाे मुस्कान, माेहकता र माधुर्य
हेर्दै बाँच्नु सांसारिक जीवन साैन्दर्य !

एक पल्ट पाइने
तर फेरि नपाइने जीवन...
जत्ति बाँचिन्छ, बाँचिन्छ त्याे नै जीवन
अमूल्य
अनुपम
अमूर्त अनि चामत्कारी
अलाैकिक आनन्ददायी अनि आश्चर्ययुक्त
जति भाेगिन्छ बाँचेर-- त्यत्ति नै हो जीवन !
र..
मानव जगतमा छाेडिने
अमिट अमर पाइला नै-- जीवन सन्देश !

🔴
https://saranr.blogspot.com/2019/03/blog-post.html
२०७५ चैत ७ , धरान
🌹🌹🌹
🌹🌹🌹