Popular Posts

Thursday, March 21, 2019

जीवन सन्देश

(कविता)
जीवन सन्देश

सरण राई

फक्रिएकाे थुङ्गा शिरमा लाउने
थुङ्गाहरूकाे माला गास्ने
जूनजस्ती मायालु छैन
त्यसैले म फूल राेप्दिनँ !

मायालु नभए पनि
सम्झना छातीभरि अटेसमटेस छ
सम्झनाकै छहारीमा जीवन चलाचल छ
सम्झनामाथि फूल चढाउन
म फूल राेपिरहेकाे हुन्छु !

फूलकाे मुस्कान, माेहकता र माधुर्य
हेर्दै बाँच्नु सांसारिक जीवन साैन्दर्य !

एक पल्ट पाइने
तर फेरि नपाइने जीवन...
जत्ति बाँचिन्छ, बाँचिन्छ त्याे नै जीवन
अमूल्य
अनुपम
अमूर्त अनि चामत्कारी
अलाैकिक आनन्ददायी अनि आश्चर्ययुक्त
जति भाेगिन्छ बाँचेर-- त्यत्ति नै हो जीवन !
र..
मानव जगतमा छाेडिने
अमिट अमर पाइला नै-- जीवन सन्देश !

🔴
https://saranr.blogspot.com/2019/03/blog-post.html
२०७५ चैत ७ , धरान
🌹🌹🌹
🌹🌹🌹

No comments:

Post a Comment