जीवनको
साभार
मधुपर्क बर्ष -२५, अङ्क -१, पुर्णाङ्क - २७६ (जेठ, २०४९
माधुर्य, तृप्ति र पुर्णता खोजि गर्दै
आशाको आकाशमा उड्दै
फुल झैं कहिले म मुस्कुराउँछु
पुर्ण स्वाद जीवनको लालशा बोक्दै
निराशाको पोखरीमा डुब्दै
फुल झैं कहिले म ओईलाउँछु , तर फेरी
अलौकिक उज्यालोको लागि
अनन्त शान्तिका लागि
दान्को झैं आफ्नै मुटु मसाल झैं बालेर हेर्दा
आफूभित्र एउटा भ्रान्तिको संसार देख्छु
भ्रमको रमझम परिणतिमा रमाईरहेको
भुलिरहेको म मेरो मानिस पाउँछु आफूभित्र
जब मृत्यु बोकेर हिडिरहेको म
मृत्यु टिप्न लालायित हातहरु पसारेर
घोप्तिन्छु मृत्यु टिप्न
तब मृत्यु मेरो कानमा साउती गरेर भन्छ
पथिक, नझुक मृत्यु टिप्न यात्रामा
नरोकिई बढीरह अगाडी जीवन पथमा
किनकी मृत्यु तिम्रालागी बाटाभरि सधैं फुलिरहने हुन्छ |
साभार
मधुपर्क बर्ष -२५, अङ्क -१, पुर्णाङ्क - २७६ (जेठ, २०४९
No comments:
Post a Comment