Popular Posts

Wednesday, January 22, 2020

कल्पनाकी जून

(कविता)
कल्पनाकी जून

सरण राई

डराएँ तिमीले साेचेजस्ताे भइनँ म भने
डराएँ मैले साेचेजस्ताे भइनाै तिमी भने
कल्पनाकी जून ढल्नुभन्दा
जुन हराएकाे जून पाइनँ भने...
सपना बिपनामा मर्नुभन्दा
बरु कल्पनाकै जूनसँग...रात काट्छु भनेँ
अनि,नभेटि तिमीलाई... बीच बाटैमा बरालिएँ !

🔴
२०७६ माघ ८, धरान
🌹☯️🌹

Saturday, January 11, 2020

(अकविता) फर्किने दिन

(अकविता)
फर्किने दिन

सरण राई

जहाँबाट आएकाे फर्कनै पर्छ त्यतै
काेही पनि सदैव रहन सक्तैन यतै
आएकाे कहाँबाट ? थाहा भए भन
जानेकै हाे भन्दै सक्छाै मुस्कुराउँन

जहाँबाट आयाैँ फर्कनु छ त्यतै
बस्न सकिने भए यतै कतै
फर्कन्थे हाेला जिउँदाे काे ?
फर्कनै पर्ने भएकैले फर्कने हाे !

बिस्मात मान्ने किन
सबैकाे आउँछ फर्कने दिन !

🔴
२०७६ पाैष २६, धरान
🌹🌹🌹





🔴