Popular Posts

Monday, July 18, 2022

जहिले पनि तिमी सडकमा

 

जहिले पनि तिमी सडकमा
 
सरण राई
 
नेतालाई माथी पुर्याउन
सडकमा उफ्रिन्छाै
नेता माथी पुगेपछि
जनविरोधी अवैध खुवाईलुवाइ गराईकाे समर्थनमा
नेताले तिमीलाई सडकमा उफार्छ
सडकमा उफ्रन्छाै,उफ्रिरहन्छाै
र...
चेत र विवेक नपलाएसम्म
जहिले पनि सधैं सदैव तिमी सडकमै हुन्छाै !
 
२०७५/४/३ विसालचाैक
 
 

 
 

 

Wednesday, July 6, 2022

भाेगाइ

 


भाेगाइ
 
सरण राई
 
अझै मेराे पछाडि ब्लाकबाेर्ड छ
मेराे एउटा हातमा चक
र, अर्काे हातमा डस्टर छ-- लागिरहन्छ 
 
लेख्न खाेज्छु
लेखिदैन, कि लेखेर पनि देखिदैन ।
बाँच्नुकाे आनन्द
खाेजिरहन्छु, कही कतै भेटिदैन ।
यस्तै रहेछ बचाइ
यस्तै रहेछ भाेगाइ !
 
 
अझ‌ै मेराे पछि जुलुस छ
न्याय,सत्य र देशका लागि
मार्न र मर्न तयार आममान्छेकाे लाम छ-- लागिरहन्छ
 
व्यवस्थाले बनाईसकेछ आममान्छेलाई
बहिरा, लाटा अन्धा पिछलग्गु दास
फेर्न छाडेछन् जिउँदालेझैँ सास
लासबाट केकाे आस ?!
यही हाे त साँचाे भाेगाइ
यस्तै हुन्छ त सार्थक बचाइ ??
 
🌿
२२अप्रिल २०२१ र ६ जुलाइ २०२२