'सरणको साहित्य' मा भएका रचनाहरु सरण राई ले रचना गर्नु भएको हो |
Popular Posts
-
(कविता) घोडाहरू देश बोक्दैनन् सरण राई मालिक बोक्ने घोडाहरू देश बोक्दैनन् मालिकको मर्जीमा कुद्ने घोडाहरुमा स्वाविवेक हुँदैन तसर्थ अ...
-
आदर्शको आकाशमुनि आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा बिभिन्न स्वार्थका छाताहरू ओढेर मानिस अथाह मानिसको भेलमा बग...
-
चलिरहेकै थियो जिन्दगी गुडिरहेकै, उडिरहेकै थियो जिन्दगी कहाँ , कसरी कहिले पन्चर भयो कसरी उडने मनको पखेटा काटियो गुड्रन छ...
-
मृत्युपश्चात मानिसहरू मलाई महान् सम्झेर फूल, अबीर, माला र खादा पहिराउँदै मेरो तस्वीरलाई श्रध्दासाथ मेरो तस्वीर अगाडि झुक्नेछन्— सम्झ...
-
मुक्तक सरण राई युग चेतना सभ्यता समस्या सपना एउटै साझा मात लात चोट वेदना एउटै एक छाक पाए एक दिन बाँच्ने मजस्तै पिरोलिएको तिमी माया गर...
-
(कविता ) चुरो कुरो क्षणभङ्गुरता रहेछ सरण राई मेरो के छ ? को छ ? अगाडि हेर्छु.... रित्तो पछाडि हेर्छु.... खाली रित्तो आफैँलाई पाउ...
-
जीवनको माधुर्य, तृप्ति र पुर्णता खोजि गर्दै आशाको आकाशमा उड्दै फुल झैं कहिले म मुस्कुराउँछु पुर्ण स्वाद जीवनको लालशा बोक्दै न...
-
संबेदनशील रोबोट हामी स्वचालित भएको भ्रम पाल्छौ उफ्रन्छौ , नाच्छौ र अनेक स्वर कराईरहेका हुन्छौ रिमोट कन्ट्रोलबाट सन्चालित हामी ...
-
यो मर्ने चोला सरण राई सबै काम थाती राखेर बिसाइरहेको बेला केलाउँछु के के गल्ती गरियो यो जीवनमा ? भोकैले मरिन्छ कि डराउँदै डराउँदै ...
-
एक दिन तिमी र म सँगै थियौँ कल्पना गरिरहेका थियौँ हामी युग युगान्तरसम्म संगै हुने छौँ एउटा सुगम ,सुनौला ,मनोहर संसारको सृष्टि गर्छौँ ...
Monday, July 18, 2022
Wednesday, July 6, 2022
भाेगाइ
भाेगाइ
सरण राई
अझै मेराे पछाडि ब्लाकबाेर्ड छ
मेराे एउटा हातमा चक
र, अर्काे हातमा डस्टर छ-- लागिरहन्छ
लेख्न खाेज्छु
लेखिदैन, कि लेखेर पनि देखिदैन ।
बाँच्नुकाे आनन्द
खाेजिरहन्छु, कही कतै भेटिदैन ।
यस्तै रहेछ बचाइ
यस्तै रहेछ भाेगाइ !
अझै मेराे पछि जुलुस छ
न्याय,सत्य र देशका लागि
मार्न र मर्न तयार आममान्छेकाे लाम छ-- लागिरहन्छ
व्यवस्थाले बनाईसकेछ आममान्छेलाई
बहिरा, लाटा अन्धा पिछलग्गु दास
फेर्न छाडेछन् जिउँदालेझैँ सास
लासबाट केकाे आस ?!
यही हाे त साँचाे भाेगाइ
यस्तै हुन्छ त सार्थक बचाइ ??
Subscribe to:
Posts (Atom)

