-
आदर्शको आकाशमुनिआफ्नै आफ्नै आस्था र विश्वासको धरातलमाबिभिन्न स्वार्थका छाताहरू ओढेरमानिस अथाह मानिसको भेलमा बगिरहेको छमानिस अथाह मानिसको मेलामा हराईरहेको छरेशमको किराझैँमानिस आफ्नै स्वार्थको कोकिनमा कैदी भएको छ |आदर्श र यथार्थको दुई समानान्तर रेखाहरु बीचघडीको पेन्डुलमझैँ मानिसकहिले आदर्शको रेखामा उभिएर सम्भाषण गरिरहेको हुन्छकहिले यथार्थको धरातलमा उभिएरस्वार्थको बिगुल बजाई रहेको हुन्छमानिस कति आदर्श र कति यथार्थको समिश्रण होमानिस कति प्रकाश र छायाको रङ्गीन चित्र होमानिस कति फूल होमानिस कति पात होमानिस कति काडा हो | अनिआदर्शको पारसले छुँदा मानिस कति सुन हुन्छस्वार्थ-सिध्दिको अग्नि-कुण्डमा पोल्दामानिस कति डरलाग्दो फलामे हतियार हुन सक्छप्रेमको मायालु रापमा पग्लिएरहिउँझैँ कति शीतल हुन सक्छ मानिस |मानिस अनन्त रहस्यजीवन असीम कौतुक भइदिनालेभोग्न रहर लाग्दो हुन्छजति भोगे पनि जीवनमानौलो आस्वादन प्राप्त भइरहेको हुन्छजीवन रुचिकर प्रिय हुन्छजीवनको पुर्ण स्वाद थाहा पाउनहजार ययातिको जीवन पनि अपर्याप्त हुन्छ |सिध्दि, मोक्ष , मुक्तिमानब मनको दिब्य आकाङ्क्षापक्षीझैँ उन्मुक्त आदर्शको आकाशमाउड्न चाहान्छ मानिसशान्तिमय शीतल अनन्तमाविचरण गर्न चाहान्छ मानिसप्राप्ति, उपलब्धिसफलताको साङ्गळोले बाँधिएको मानिसप्रकृतिसँग सिंगौरी खेल्दैप्रकृतिलाई परास्त गर्ने बिजेताको सपना देख्छजति अघि बदन चाहान्छभौतिक प्रगतिको प्रतेक लहरसितउपलब्धिको डुङ्गा चढेको मानिसआफ्नै अन्तर्मनको किनारादेखी टाढ़ा गईरहेको हुन्छ |प्रेम, माया, मोहजीवनको सर्बोच्च स्थितिमानिस प्रेम सागरमा पौडी खेल्न चाहन्छस्वच्छन्द अतुलनीय गहिराइमा डुबेरजीवन अनुभब गर्न चाहान्छबिलाउँदै पानीको थोपाझैँउत्कर्ष , समर्पण, बिलयमा जीउन चाहन्छत्यागमा सन्तुष्टी छप्राप्तिमा सन्तुष्टी छकति त्याग र कति प्राप्तिको जोड हो मानिसकति सुख र कति दु:खको मेल हो मानिसमानिस कति प्रेम होमानिस कति घृणा होमानिस कति सङ्घर्ष हो | अनिमायाले थपथपाउदा मानिस कति मानिस हुन्छमोहको जालमा फस्दामानिस कति जनावर हुन सक्छपेटको रापिलो भट्टीमा परेरमाकुराझैँ कति स्वार्थी हुन सक्छ मानिस |भोक शाश्वत यथार्थतृप्ति मनोहर आवश्यकता भइदिनालेमानिस कर्मवीर भइरहेको हुन्छअतृप्त जिब्रोझैँ पुर्ण तृप्तिको खोजीमादिन रात रातदिन भौतारिरहेको हुन्छपुर्ण तृप्तिको बिन्दुमा पुग्नहजार संसारको सम्पति पनि अपर्याप्त हुन्छ |सत्य , न्याय, शान्तिउच्च आराध्य सौन्दर्यब्रमाण्ड बिजेता बन्न चाहने मानिसआफ्नै मूल थलो पृथ्बीलाई क्षेप्यास्त्रहरुले भरेरअन्तरिक्षमा शासन गर्न चाहन्छबिनाश , महा विनाशको सृष्टि गरेरअमर बन्न चाहान्छ मानिसबारुदमाथि बसेरआगो खेलाइरहेछ मानिसमृत्यु थुपारेर जीवनको गीत गाइरहेछ मानिस | अनिशस्त्र , शक्ति, सन्तुलनमानिसको प्रतेक 'अहम्'सितसृस्टिभन्दा देरै टाढ़ालयहीन प्रलयको निमन्त्रणा गरिरहेछ मानिसप्रलयको प्रतीक्षा गर्नुबारुदमाथि बसेर आगो खेलाउनुमतिभ्रम भएको मानिसआफ्नै भविष्यको सुन्दरताबाट टाढ़ा भइरहेको छ |आदर्शको झरीमा नरुझ्नस्वार्थको रङ्गीन छाताहरू ओढेर मानिसकति समयसम्म स्वार्थको कोकिनमा कैदी भएर बस्न सक्छ ?
साभार
मधुपर्क २०४७,असोज (वर्ष २३, अङ्क ५ पूर्णाङ्क २५६ )
'सरणको साहित्य' मा भएका रचनाहरु सरण राई ले रचना गर्नु भएको हो |
Popular Posts
-
(कविता) घोडाहरू देश बोक्दैनन् सरण राई मालिक बोक्ने घोडाहरू देश बोक्दैनन् मालिकको मर्जीमा कुद्ने घोडाहरुमा स्वाविवेक हुँदैन तसर्थ अ...
-
आदर्शको आकाशमुनि आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा बिभिन्न स्वार्थका छाताहरू ओढेर मानिस अथाह मानिसको भेलमा बग...
-
चलिरहेकै थियो जिन्दगी गुडिरहेकै, उडिरहेकै थियो जिन्दगी कहाँ , कसरी कहिले पन्चर भयो कसरी उडने मनको पखेटा काटियो गुड्रन छ...
-
मृत्युपश्चात मानिसहरू मलाई महान् सम्झेर फूल, अबीर, माला र खादा पहिराउँदै मेरो तस्वीरलाई श्रध्दासाथ मेरो तस्वीर अगाडि झुक्नेछन्— सम्झ...
-
मुक्तक सरण राई युग चेतना सभ्यता समस्या सपना एउटै साझा मात लात चोट वेदना एउटै एक छाक पाए एक दिन बाँच्ने मजस्तै पिरोलिएको तिमी माया गर...
-
(कविता ) चुरो कुरो क्षणभङ्गुरता रहेछ सरण राई मेरो के छ ? को छ ? अगाडि हेर्छु.... रित्तो पछाडि हेर्छु.... खाली रित्तो आफैँलाई पाउ...
-
जीवनको माधुर्य, तृप्ति र पुर्णता खोजि गर्दै आशाको आकाशमा उड्दै फुल झैं कहिले म मुस्कुराउँछु पुर्ण स्वाद जीवनको लालशा बोक्दै न...
-
संबेदनशील रोबोट हामी स्वचालित भएको भ्रम पाल्छौ उफ्रन्छौ , नाच्छौ र अनेक स्वर कराईरहेका हुन्छौ रिमोट कन्ट्रोलबाट सन्चालित हामी ...
-
एक दिन तिमी र म सँगै थियौँ कल्पना गरिरहेका थियौँ हामी युग युगान्तरसम्म संगै हुने छौँ एउटा सुगम ,सुनौला ,मनोहर संसारको सृष्टि गर्छौँ ...
-
यो मर्ने चोला सरण राई सबै काम थाती राखेर बिसाइरहेको बेला केलाउँछु के के गल्ती गरियो यो जीवनमा ? भोकैले मरिन्छ कि डराउँदै डराउँदै ...
Wednesday, August 24, 2011
मानिस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment