Popular Posts

Saturday, November 6, 2021

हड्डी

 

(आजकाे कविता)
हड्डी
 
सरण राई
 
मान्छे भ्रष्टाचारको हड्डी खान
कुकुर बन्दाेरहेछ
आफै बेचिएपछि देश बेच्न तयार हुँदाेरहेछ
यिनीहरूका पछि लाग्ने बाैलाहा कुकुर बन्दाेरहेछ
मान्छे कहाँ खाेज्नु? कुकुर कुकुरै संसार हुँदाेरहेछ !
 
मान्छे भ्रष्टाचारको हड्डी खान कुकुर बन्दाेरहेछ ।
 
🌿☘️🌿
२०७८ कार्तिक २० शनिबार, भाइटिका
🇳🇵🇳🇵

🌹🌹

🌹

Saturday, October 23, 2021

आफ्नाे के ?!

(कविता)
आफ्नाे के ?!
 
 
सरण राई
 
 
मेराे आफ्नाे के ?
मेराे आफ्नै आफ्नाे के ? !
 
मन आफ्नै हाे र !
खटनमा बस्दैन हिड्छ बरालिएर ।
तन आफ्नै हाे र !
एक दिन जान्छ नै छाडेर।
जीवन साथी आफ्नाे हाे र?
यात्रा बीचमा भेटेकाे
यात्रा अधुर‌‌ैमै जानुपर्छ छुट्टिएर ।
धन सम्पतिकाे के कुरा
जे दिन्छ शान्ति बिना
सुख आनन्द सब अधुरा ।
 
एक मुठ्ठी सास
कति बेला जान्छ फुसुक्कै
एक मुठ्ठी प्राण
कति बेला जान्छ खुसुक्कै
तसर्थ प्राण आफ्नाे हुँदै ह‌ैन
फुस्सा सास, झन् आफ्नाे हुँदै हैन ।
 
तब के मेराे आफ्नाे ?
बाँचेकाे बेला
ओगटेकाे आयतन
ओडेकाे आकाश
टेकेकाे धरती
फेरेकाे सास
एक मुठ्ठी प्राण
आफुले मात्र ओेडेकाे ओगटेकाे
माया सुटुक्क चाेखाे साटेकाे
चारतिर पवित्र बाडेकाे, प्रत्युत्तरमा पाएकाे, अनि
माया प्रेमले बाँचेकाे विशेष अनमाेल विषम आफ्नाे हाे ।
 
🌿
२०७८ कार्तिक ५
☘️🍁☘️

 


Saturday, July 3, 2021

(अकविता) अन्तिम प्रतीक्षा 

 

सरण राई

 

प्रतीक्षामा रहेका परिचितहरूले 

सुन्नासाथ लेखे फेसबुके भित्ताहरूमा 

अन्तिम पटक - हार्दिक भावपूर्ण श्रध्दाञ्जली ! 

 

कति सजिलै लेखे  

आत्मिय असल मित्र थिए

 धुमधाम गुण गाउँदै तस्वीर पाेष्ट गरे

 अन्तिम पटक एक्कासि मरिसकेकाे मान्छे

 महान् भयाे । पत्यारिलाे भयाे । श्रध्दालु भयाे । 

 

ऊ जिउँदाे हुँदा 

उसले भाेगेकाे दु:ख कसैलाई थाहा भएन

 उसकाे साना उन्नतिमा कसैकाे साथ थिएन 

मरिसके पछि सबैकाे प्रिय भएकाे छ

 श्रध्दाञ्जली वर्षाले रुझ्दै छ 

जिउँदा हुँदा नपाएकाे श्रध्दा माया साथ 

जति नै उर्ले पनि मरिसकेपछि के काम ?

 

 उछिन पाछिन दाैड जीवनकाे 

मृत्यु छ प्राणसँग सधैं टाँसिएकाे 

उछिनपाछिनमा उछिन्नेलाई इर्ष्यावश बधाई भनिएन 

जिउँदाे भईन्जेल जिउँदाकाे अस्तित्त्व मानिएन 

जिउँदा हुन्जेल साथ माया भरथेग नदिनेहरू हाे 

मरेपछि दिइने त्यस्ताे श्रध्दाञ्जली मलाई चाहिएन

 सक्छाै भने 

अहिले जिउँदाेलाई सानाे मुस्कान देऊ

 पैचाेमै भए पनि फूलकाे मुस्कुराहट लेऊ 

र, सकिन्जेल उज्यालाेझैँ सबैतिर बाडि देऊ ! 

 

🌹

 २०७८ असार २०

 


 

Wednesday, June 9, 2021

कविता) सरण राई

कविता) 

सरण राई 

 

१. 

अहिले गराैला 

भाेलि हाेइन आजै गर 

भाेलि भरैकाे के भर 

अहिले छ र अहिलेकै भर पर ।

 

 २. 

जित

 हृदयमा बाँस पाउनु जित । 

मायालु बाजि जित्नु जित ।

 अहिले केही गरिरहनु जित । 

अन्याय नगर्नु जित । 

सत्य न्यायका पक्षमा रहनु जित ।

 जीवनकै पक्षमा लडिरहनु जित। 

उज्यालाेका लागि लडे सधैं जितै -जित ! 

🌹

जाेम्वी (Zombie)

(कविता) जाेम्वी (Zombie) सरण राई मान्छे कति पटक मर्छ ? जब इमान डगाउछ आधि मर्छ अन्तरमनकाे पुकार सुन्न छाड्छ तीन चाैथाइ मर्छ राष्ट्रघात गरेपछि पूरै मर्छ सतप्रतिशत मरेकाे ऊ जाेम्वी जिउँदाहरू विरुध्द उपयाेग गरीन्छ मरिसकेपछि पनि मर्न नपाउने ... जाेम्वी ! मुर्दा भईसकेपछि पनि जनघात राष्ट्रघातमा प्रयाेग गरिने ...जाेम्वी ! जे गरे नि कहिल्यै राष्ट्रघात नगराैँ ,र मुर्कुट्टा पिसाच जाेम्वी नबनाैँ , लै लै ! 🌹 २०७८ जेठ २४, लकडाउन

Sunday, April 11, 2021

गीत

 

गीत
 
 
सरण राई
 
समय खोला हो, बगिरहन्छ, बगेर जान्छ, थुनेर राख्न सकिन्न
वैश त झन् पन्छि हो, उडेर जान्छ, थामेर राख्न सकिन्न
बाँचुन्जेलको जीवन हो, जे जे गर्नुछ, बाँचेकै बेला गरौँ न
बाँचेकै बेला, बाँचेकै बेला .... बाँचेकै बेला गरौँ न !
बाँचेको छौँ, र, संसार भोगिरहेछौँ, बाँचुन्जेलको जीवन हो
सुन्दर भाव, सुन्दर विचार, सुन्दर जीवन बाँचेकै बेला रोपेको
सुन्दर भाव, सुन्दर विचार, सुन्दर जीवन हुँदैन कहिल्यै एक्लो
हुन्छ सबैको मनमा... हुन्छ सबैको मनमा बाँचेको !
राम्रो गरेमा राम्रै हुन्छ, भुलेर पीर, सुन्दर संसार सृष्टि गरौँ
माया, माया प्रेमकै रमाइलो सुन्दर जीवन-फूलबारी रचाैँ
बाँचुन्जेल हाे जीवन, हाँसेर, हाँसेर फूलबारी-संसारमा बाँचौँ
सुन्दर भाव,सुन्दर विचार, सुन्दर जीवन ...बाँचाै, बाचाैँ !
🌹
२०७७ फागुन ६, बिहान २.३०
🌹🌹


Thursday, April 1, 2021

(अभिव्यक्ति -उच्छ्वास कविता) जीवन

 

(अभिव्यक्ति -उच्छ्वास कविता)
जीवन
 
 
सरण राई
 

 
हार्दाहार्दा
बालपन,युवा-तन्नेरी काल
हारेर सब गुमाएर एक्लाे उजाड धरातल
सबथाेक हारेर पनि छाेडिदैन जीवन-ज्युने खाल !
टाट ! टाट जुवाडे खालबाट जबर्जस्ती निकाल
यही रहेछ जीवनकाे शाश्वत हाल
टाट भएपछि लात्तैलात्ताले भकुरीएर जानू छाडेर खाल जीवनकै अन्तिम हाल ! कि धरती छाड्ने सुन्दर चाल ! ?
🌹
२०७७चैत १५
🌹

🌹