Popular Posts

Thursday, March 24, 2022

लासमा सास फुक्नु छ

 

( कविता)

लासमा सास फुक्नु छ
 
सरणराई
 
लेख्न मन छ
केले लेखाैँ ? कलमले कि मनले
डुल्न मन छ
केले हिड्ने ? धनले कि तनले
धन छैन तन कमजाेर
तुल्बुलिरहने मन र डुब्न लागेकाे घाम
छैन काम
कसले दिन्छ माम
अक्करमा मात्र फल्दाे रहेछ दाम
जान ता पर्छ नै तर कसरी जाम
खटनमा हुँदैन छैन बसेकाे ठाम...
अब खटनमा पार्नु छ काम माम दाम र ठाम ।
 
दाससन्तान युगाैदेखि
सहयाेगका लागि हात थापेँ
हात मालिकलाई बुझाईसकेका रहेछाै
साेच्ने दिमाग खाेक्राे बनाईसकेका रहेछाै
हात,साेच र स्वतन्त्र अस्तित्त्व बुझाईसकेका रहेछा‌ै
दाससन्तान ! दाससन्तान तिमी महादास भईसकेछाै
हात नभएकाे
मत नभएकाे
साेच नभएकाे
मालिकले तिम्राे देश बेचेपछि देश नभएकाे
फगत तिमी मालिककाे राेबाेट दास हतियार
दास ! मरिसकेकाे लास ! दासलासबाट केकाे आश ...
 
दासैदासकाे सहरमा पनि
लासैलासकाे देशमा पनि
लासहरूमा जिउँदाे सास फुकेर
दासहरूमा साेच र स्वत्व भरेर
लासलाई जिउँदाे बनाएर
दासलाई मालिक बनाएर
नयाँ साेच नयाँ विचार राेपेर
नयाँ बाटाे हिँडेर हिँडाएर
दासहरूआफै मालिक भएकाे देश फुलाउनु छ
सुन्दर भाव, सुन्दर विचार र सु्न्दर जीवन-संसार बनाउनु छ !
 
🌿
२०७८/१२/११
🌹🌹

Wednesday, March 2, 2022

(आजकाे कविता) कालाे दिन

 


(आजकाे कविता)
कालाे दिन
 
 
सरण रा
 
हिजाे कालाे दिन
आज कालाे दिन
भाेलि झन् महा कालाे दिन ?!
 
हिजाे बिकेकाहरूले ल्याएका कालाे दिन
बिकेका कुकुरका पछि लागेका "बाैलाहा कुकुर"हरूले थामेका
आजका कालाे दिन ।
 
के कुकुरहरू बाैलाएर मरेपछि पनि रहिरहला कालाे दिन ?
कालाे मेटेेर उज्यालाे पाेख्न जान्याैँभने
(उज्यालाेमा बाैलाहा कुकुरहरू बाँच्तैनन्)
बाैलाहा कुकुरहरू मरे पछि पनि रहिरहला र कालाे दिन ?!
🌹
२०७८/११/१५/१
🌹🌹