Popular Posts

Saturday, April 18, 2020

(आजकाे कविता) आफ्नै लागि

(आजकाे कविता)
आफ्नै लागि

सरण राई

आफ्नै लागि मेरै लागि
संसार छ जगत छ
माया प्रेम घाम छाया सुखदु:ख छ
म छु आफू छु ...र त संसार छ
म ! आफू नभएकाे मेराे आफ्नाे संसार हुँदैन

बाँच्नु छ मैले आफ्नै लागि रे
परिवार समुदाय मानवजातिका लागि रे
काेराेना काेविद १९ दैलाे अगाडि पर्खिबसेकी छिन् रे
निस्के घर बाहिर अचेत विचेत अशेष पार्छिन् रे !

सङ्घर्ष युध्द आन्दाेलन क्रान्ति नाराजुलुस देखियाे भाेगियाे
घरभित्र बस् सुरक्षित एकान्तवास ...हतियार नाैलाे
बाँचे सबै एकसाथ मरे सबै एकसाथ... नियति मानिसकाे
मान्छे बचाउन "लकडाउन" ...जित्नैपर्ने युध्द वर्तमान युगकाे !
🔴
२०७७ वैशाख ७, धरान
🔥☯️🔥

No comments:

Post a Comment