(आजकाे कविता)
हली
सरण राई
जन्मेकै म हली हुनलाई
बुबा हली हुनुहुन्थ्याे
म अहिले हली,दास अर्काकाे नाेकर भएकाे छु
हली अर्काकै
अर्काकै खेतबारी जा्ेत्छु
मालिककाे खेतबारी खन्छु
पाखुरी बजाउछु
पसिनाले सिञ्चित गरेर बालीनाली फलाउछु
जुन बालीनाली मेराे हुँदै हाेइन मालिककै हाे
मालिकले फालि दिएकाे थाैरैले आधि पेट बाँचेकाे छु
पूरा पेट अघाएर बाँच्नु मेराे नैसर्गिक अधिकार हाे
अघान्जेल खानका लागि मालिक ! मालिक फेरिरहेकाे छु ।
मालिक सबै उस्तै हुँदा रहेछन्
आफ्ना लागि सात पुस्ता पुग्ने सम्पत्ति थुपार्दा रहेछन्
हलीलाई गाेरुभन्दा बढि जाेत्दा रहेछन्
हली नाेकर दास- मान्छे नै गन्दा रहेनछन्
सम्पत्तिका लागि देश बेच्न तयार हुँदा रहेछन्
मालिक सबै उस्ताउस्तै हुँदा रहेछन् ।
अहिले मालिक नेता भएकाे छ
हली-- इमानदार कार्यकर्ता
पार्टीको दलेझाेले भएकाे छ
बुध्दि विवेक दिमाग गुमाएकाे नयाँ नाेकर भएकाे छ
सबथाेक गुमाएकाे
विचार गुमाएकाे
साेच गुमाएकाे
स्व गुमाएकाे
बुध्दि विवेक आस्था गुमाएकाे
अन्धा दलेझाेले
जति नै मालिक फेरे पनि हली
हली-- हली नै मात्र भएजस्ताे
दलेझाेले सबथाेक गुमाएकाे
सबैभन्दा ठूलाे साेच गुमाएकाे
न्याय सत्य समानता गुमाएकाे
अहिले हली- "अन्धा दलेझाले" भएकाे छ !
No comments:
Post a Comment