गीत
सरण राई
क्षणिक हुँनाले नै अनमाेल छ जीवन
खटनमा नबस्ने मन तनकै मधुर धुन ।
आफ्नै उज्यालाेले तिर्मिर तिर्मिर भएछु
अँध्याराे अलिकति पैँचाे कतै खाेज्दैछु ।
अट्टहाँस आफ्नै कानकै जाली फुटेछ
बहिरा भएपछि मधुर सङ्गितलय टुटेछ ।
गाउँन नसक्ता बेसुरा गीत हिडाइ राेकिएछ
गन्तव्य बिलाउदा भित्रभित्रै अन्तर राेईरहेछ ।
फेरि उठ्छु र हिँड्छु भन्दा काल आईपुगेछ
जीवन कठै! क्षणिक बबुरा बरा बिचरा भएछ

No comments:
Post a Comment