Popular Posts

Friday, March 13, 2020

खेल जीवन खेल

(कविता)
खेल जीवन खेल

सरण राई


जीवन खेलै जस्तो
हारजित खेलखेलैमा सकिन्छ !

मसित खेल्न चाहने तिमी
सधै जितिरहन्छौ भने
खेल औचित्यहीन खेल तुरिन्छ
कहिले काहीँ मलाई जित्न दिएको भए
खेलिरहेका हुन्थ्याैँ
जीवन घामपानी झेलिरहेका हुन्थ्यौँ
सप्तरङ्गी झरिमा रुझिरहेका हुन्थ्याैँ !





जित्न सक्ने हुँदा पनि कहिलेकाहीँ हार्दिन्छु
र पो, तिमी खेलिरहेका हुन्छौ
हार्दैजित्दै जित्दैहार्दैै खेल्दा उत्कर्ष पुग्छ, मन छुन्छ
जितेर सधैं आँसु झराएरै छाड्यौ भने के मजा ?
खेल जीवन खेल हार नभएको जित के मजा ?!

जित्न दियौ सधैं आफू हारेर
अन्तमा यसरी हरायौ कि... गयौ सबै छोडेर !!!
🔴
२०७४।४।२, बिशालचौक
🌹☯️🌹




🌹☯️🌹

No comments:

Post a Comment