Popular Posts

Tuesday, March 24, 2020

लकडाउन

(आजकाे कविता)
लकडाउन

सरण राई

बाँचियाे भने
भाेग्न नपाएपनि
भाेग्न नपाए पनि देख्न
देख्न नपाए पनि सुन्न पाइदाे रहेछ
रक्तिम बिहानी ब्लाक आउट क्रमभङ्ग
लाेड सेडिङ सेल्फ आइसाेलेसन क्वारेन्टाइन
प्लेग एड्स सार्स
काेराेनाभाइरस अनि फेरि हन्टा भाइरस
माल्थस सहि थिए कि !

प्रकृतिमाथि बिजय पाउने सपना
स्वतन्त्रता स्वछन्दता उछृङ्खलता
तेस्राे विश्वयुध्दकाे प्रारम्भिक रूप !

सामुहिक सहकार्य सहयाेग
सर्वाेत्तम मानव सांसारिक उपयाेग
आशा सबैकाे
बाँच्न सकिन्छ अनुशासित भएर
बाँचेर उपभाेग गर्न सकिने मिलेर
मिलेर ! मिलेर !! मिलेर !!!

🔥
२०७६ चैत ११ , धरान
🌹☯️🌹

No comments:

Post a Comment