'सरणको साहित्य' मा भएका रचनाहरु सरण राई ले रचना गर्नु भएको हो |
Popular Posts
-
(कविता) घोडाहरू देश बोक्दैनन् सरण राई मालिक बोक्ने घोडाहरू देश बोक्दैनन् मालिकको मर्जीमा कुद्ने घोडाहरुमा स्वाविवेक हुँदैन तसर्थ अ...
-
आदर्शको आकाशमुनि आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा बिभिन्न स्वार्थका छाताहरू ओढेर मानिस अथाह मानिसको भेलमा बग...
-
चलिरहेकै थियो जिन्दगी गुडिरहेकै, उडिरहेकै थियो जिन्दगी कहाँ , कसरी कहिले पन्चर भयो कसरी उडने मनको पखेटा काटियो गुड्रन छ...
-
मृत्युपश्चात मानिसहरू मलाई महान् सम्झेर फूल, अबीर, माला र खादा पहिराउँदै मेरो तस्वीरलाई श्रध्दासाथ मेरो तस्वीर अगाडि झुक्नेछन्— सम्झ...
-
मुक्तक सरण राई युग चेतना सभ्यता समस्या सपना एउटै साझा मात लात चोट वेदना एउटै एक छाक पाए एक दिन बाँच्ने मजस्तै पिरोलिएको तिमी माया गर...
-
(कविता ) चुरो कुरो क्षणभङ्गुरता रहेछ सरण राई मेरो के छ ? को छ ? अगाडि हेर्छु.... रित्तो पछाडि हेर्छु.... खाली रित्तो आफैँलाई पाउ...
-
जीवनको माधुर्य, तृप्ति र पुर्णता खोजि गर्दै आशाको आकाशमा उड्दै फुल झैं कहिले म मुस्कुराउँछु पुर्ण स्वाद जीवनको लालशा बोक्दै न...
-
संबेदनशील रोबोट हामी स्वचालित भएको भ्रम पाल्छौ उफ्रन्छौ , नाच्छौ र अनेक स्वर कराईरहेका हुन्छौ रिमोट कन्ट्रोलबाट सन्चालित हामी ...
-
एक दिन तिमी र म सँगै थियौँ कल्पना गरिरहेका थियौँ हामी युग युगान्तरसम्म संगै हुने छौँ एउटा सुगम ,सुनौला ,मनोहर संसारको सृष्टि गर्छौँ ...
-
यो मर्ने चोला सरण राई सबै काम थाती राखेर बिसाइरहेको बेला केलाउँछु के के गल्ती गरियो यो जीवनमा ? भोकैले मरिन्छ कि डराउँदै डराउँदै ...
Saturday, September 21, 2024
Thursday, September 19, 2024
Sunday, July 7, 2024
भाेगाइ
भाेगाइ
सरण राई
अझै मेराे पछाडि ब्लाकबाेर्ड छ
मेराे एउटा हातमा चक
र, अर्काे हातमा डस्टर छ-- लागिरहन्छ
लेख्न खाेज्छु
लेखिदैन, कि लेखेर पनि देखिदैन ।
बाँच्नुकाे आनन्द
खाेजिरहन्छु, कही कतै भेटिदैन ।
यस्तै रहेछ बचाइ
यस्तै रहेछ भाेगाइ !
अझै मेराे पछि जुलुस छ
न्याय,सत्य र देशका लागि
मार्न र मर्न तयार आममान्छेकाे लाम छ-- लागिरहन्छ
व्यवस्थाले बनाईसकेछ आममान्छेलाई
बहिरा, लाटा अन्धा पिछलग्गु दास
फेर्न छाडेछन् जिउँदालेझैँ सास
लासबाट केकाे आस ?!
यही हाे त साँचाे भाेगाइ
यस्तै हुन्छ त सार्थक बचाइ ??
Sunday, June 30, 2024
(उच्छ्वास कविता) साेच भए मान्छे बन्छ
(उच्छ्वास कविता)
साेच भए मान्छे बन्छ
सरण राई
तृप्प नभएझैँ
जिउने चाह नमेटिने भई
बाँचिन्छ जति 'आफ्नै एकलाैटि´ हाे नै
कसका लागि मर्ने ? बाँचेकाले साेच्नै पर्ने रै´छ है !
साेच ! असल साेच भए मान्छे हुन्छ ।
पेट भरेर;आहारा जाेहाे गरेर
पशुझैँ हैन मान्छे हुन्छ मान्छेझैँ बाँचेर !
Wednesday, January 17, 2024
जाेम्वी (Zombie)
(कविता)
जाेम्वी (Zombie)
सरण राई
कति पटक मर्छ ?
जब इमान डगाउछ- आधि मर्छ
अन्तरमनकाे पुकार सुन्न छाड्छ- तीन चाैथाइ मर्छ
राष्ट्रघात गरेपछि- पूरै मर्छ ।
सतप्रतिशत मरेकाे ऊ जाेम्वी
जिउँदाहरू विरुध्द उपयाेग गरीन्छ
मरिसकेपछि पनि मर्न नपाउने ... जाेम्वी !
मुर्दा भईसकेपछि पनि-
जनघात राष्ट्रघातमा प्रयाेग गरिने ...जाेम्वी !
तसर्थ मर्नका लागि भए नि
जे गरे नि... कहिल्यै राष्ट्रघात नगराैँ ,र
मुर्कुट्टा पिसाच जाेम्वी नबनाैँ , लै लै !
अधुरो कविता
अधुरो कविता
सरण राई
अधुरो म
अधुरो जीवनको अधुरो कथा सुनाउँदै
अधुरो सृजना अधुरा छोडेर अधुरो सपना बुन्दै छु
अधुरो गीत गाउँदा गाउँदै मृत्यु अँगालेर
जीवन होइन अधुरो मृत्यु अँगाल्दै छु
मृत्यु अँगाल्दै अधुरो गीत गाउँदै छु
साथी ! अधुरो जीवन अधुरो गीत गाउँदै छु....
गाउँन मैले पुरै गीत पाउनु पर्थ्यो
लाउँन मैले पुरै प्रीत पाउनु पर्थ्यो
पाउनु पर्थ्यो पुरै सपना ; पुरै सपना देख्न पाउनु पर्थ्यो
अधुरो म , अधुरो अधुरो गीत
अधुरो अधुरो प्रीत ; अधुरो अधुरो सपना
अधुरो भोग , अधुरो जीवन; अधुरो अधुरो माया
साथी ! पाउनु पर्थ्यो पुरा पुरा
तर साथी पाएर / गाएर अधुरै अधुरा
छाडेर अधुरै अधुरा
जाँदै जाँदै छु अधुरै माया : अधुरै जीवन
अधुरै माया मारेर ; अधुरै माया मारेर
किनकी, प्रियतम, म, मेरो वशमा, वशमा केही छैन
अधुरै माया मारेर. अधुरै माया छोडेर
जानै पर्ने, अधुरै माया मारेर जाँदै छु
प्रियतम अधुरै माया छाडेर र रुँदै रुँदै जाँदै छु ....
किनकी जीवन यहि नै हो
प्रिय , यहि नै सब जीवनको नियति हो
यहि नै जीवन हो ; यहि नै सब जीवनको नियति हो
र...
र , मुस्कुराएर
बिदा देऊ ,बिदा देऊ मुस्कुराएर, मुस्कुराएर सक्छ्यौ भने, प्रिय ....
8 Years Ago 2016 Jan 17
Sunday, December 10, 2023
Saturday, March 25, 2023
लासमा सास फुक्नु छ
( कविता)
लासमा सास फुक्नु छ
सरण राई
केले लेखाैँ ? कलमले कि मनले
डुल्न मन छ
केले हिड्ने ? धनले कि तनले
धन छैन तन कमजाेर
तुल्बुलिरहने मन र डुब्न लागेकाे घाम
छैन काम
कसले दिन्छ माम
अक्करमा मात्र फल्दाे रहेछ दाम
जान ता पर्छ नै तर कसरी जाम
खटनमा हुँदैन छैन बसेकाे ठाम...
अब खटनमा पार्नु छ काम माम दाम र ठाम ।
दाससन्तान युगाैदेखि
सहयाेगका लागि हात थापेँ
हात मालिकलाई बुझाईसकेका रहेछाै
साेच्ने दिमाग खाेक्राे बनाईसकेका रहेछाै
हात,साेच र स्वतन्त्र अस्तित्त्व बुझाईसकेका रहेछाै
दाससन्तान ! दाससन्तान तिमी महादास भईसकेछाै
हात नभएकाे
मत नभएकाे
साेच नभएकाे
मालिकले तिम्राे देश बेचेपछि देश नभएकाे
फगत तिमी मालिककाे राेबाेट दास हतियार
दास ! मरिसकेकाे लास ! दासलासबाट केकाे आश ...
दासैदासकाे सहरमा पनि
लासैलासकाे देशमा पनि
लासहरूमा जिउँदाे सास फुकेर
दासहरूमा साेच र स्वत्व भरेर
लासलाई जिउँदाे बनाएर
दासलाई मालिक बनाएर
नयाँ साेच नयाँ विचार राेपेर
नयाँ बाटाे हिँडेर हिँडाएर
दासहरूआफै मालिक भएकाे देश फुलाउनु छ
सुन्दर भाव, सुन्दर विचार र सु्न्दर जीवन-संसार बनाउनु छ !
२०७८/१२/११
Tuesday, October 18, 2022
सर्वसाधारण आममान्छे र नेता
सर्वसाधारण आममान्छे र नेता
सरण राई
दुब्लो मरन्च्यासे भावुक अनुहार भएको
शिर ठाडो पारेर केहि गम्दै गन्दै
केहि खोजिरहेजस्तो
भेट्ला भेट्ला जस्तो गरी केहि ताकिरहेको
टिठलाग्दो मानिस सडकमा पैदल हिडिरहेको
भेट्यो भने सम्झे हुन्छ
लोभ र पापले नछोएको
ऊ सर्वसाधारण आमसाहित्यकार हो |
राजसी ठाटबाटसित
मान्छेलाई हप्काउदै दप्काउदै हियाउदै
उसको गाडीले भरसक मान्छे किच्चाउँन खोज्दै
पुष्ट भरिलो तर घिनलाग्दो अनुहार भएको मान्छे
भेट्यो भने सम्झे हुन्छ त्यो नेता हो |
दुर्घटना भयो
कारमुनि किचिएर मानिस मरेको देख्यो भने
सम्झे हुन्छ त्यो मर्ने मानिस सर्वसाधारण आममान्छे हो
किच्चाएर मार्ने अरु कोहि नभएर उनीहरुले विश्वास गरेको नेता हो !
Sunday, October 16, 2022
Tuesday, October 11, 2022
(अाजकाे कविता) उज्यालाे देश
(अाजकाे कविता)
उज्यालाे देश
सरण राई
भेल- फाेहाेर भ्रष्टाचार सिध्दान्तहीन भेलमा
पुल एउटै पनि बन्न सकेन
पारी पुग्ने संकटका पलमा
फाेहाेर अनैतिकताकाे दलदलमा भाँसिएर
सबै मर्छन् त ? सकिन्छन् त ?
Monday, September 26, 2022
?!?
?!?
सरण राई
जाेडि चराहरू
बिजाेडि चहचहाउन छाडेकाे छ
एउटाबाट अर्काे डालिमा सँगसँगै उफ्रेकाे
डालिहरू चहार्न छाडेकाे छ
सँगसँगै उडेकाे अाकाश
पखेटा काटिएर उड्न छाडेकाे छ
नाैरङ्गी रङमा डुबेर
जिजीविषाकाे अदृश्य तलाउमा डुब्न नसकि तैरिदै छ ।
अझै अाउँछ कि वसन्त भन्दै पर्खदै छ
अाउँछ त? अाउँछ अाउँदैन साेध्नै बेकार छ !
गुजार्छु एउटा जीवन
गुजार्छु एउटा जीवन
सरण राई
म— के के हुँ ?
फलाम हुँ भने खिया लाग्छु, लाग्छु
काठ हुँ भने सडिन्छु, मक्किन्छु र तुरिन्छु
निर्जीव हुँ भने मलाई केही भन्नु छैन
जीवित हुँ भने मृत्युले म बेरिन्छु, बेरिन्छु
बिस्मात मान्ने किन ?
म अनुभूतिहीन भएभने त केही छैन
सम्वेदनशील छुभने त
आफ़्ना, अरुका र जीवितहरूका सुख दुःखमा हाँस्छु, रुन्छु
हाँस्दै रुदैँ उकाली ओराली
आरोह अवरोह जीवनका
जसरी भए पनि गुजार्छु, गुजार्छु
अनि, गुज्रिन्छु ...उसपार... पारि
पारि..पारि अनन्तमा !
पारि अनन्त अनन्तमा...
हुन सक्छ जहाँ सबै छन्
हुन सक्छ जहाँ सबै छैनन् !
Monday, July 18, 2022
Wednesday, July 6, 2022
भाेगाइ
भाेगाइ
सरण राई
अझै मेराे पछाडि ब्लाकबाेर्ड छ
मेराे एउटा हातमा चक
र, अर्काे हातमा डस्टर छ-- लागिरहन्छ
लेख्न खाेज्छु
लेखिदैन, कि लेखेर पनि देखिदैन ।
बाँच्नुकाे आनन्द
खाेजिरहन्छु, कही कतै भेटिदैन ।
यस्तै रहेछ बचाइ
यस्तै रहेछ भाेगाइ !
अझै मेराे पछि जुलुस छ
न्याय,सत्य र देशका लागि
मार्न र मर्न तयार आममान्छेकाे लाम छ-- लागिरहन्छ
व्यवस्थाले बनाईसकेछ आममान्छेलाई
बहिरा, लाटा अन्धा पिछलग्गु दास
फेर्न छाडेछन् जिउँदालेझैँ सास
लासबाट केकाे आस ?!
यही हाे त साँचाे भाेगाइ
यस्तै हुन्छ त सार्थक बचाइ ??
Thursday, May 5, 2022
Subscribe to:
Posts (Atom)